Climate

सुक्दै पानीका मुहान : थातथलो छोड्दै स्थानीय

बालिका मादेन - Jan 26, 2023

धनकुटाका पहाडी भेगका केही स्थानीय बस्तीहरूमा पानीको मुहान सुक्दै गएपछि खानेपानीको जोहोका लागि मात्र यहाँका महिलाले अनेकन समस्या भोग्नुपरेको छ । खानेपानीको संकट देखिनुमा सहस्राब्दीको ठूलो चुनौतीको रुपमा खडा भएको जलवायु परिवर्तन पनि एक कारक मानिन्छ ।

Climate

चुरे अतिक्रमणले ल्यायो बहुआयामिक असर

इश्वरचन्द्र झा - Jan 1, 2023

विश्वब्यापीरुपमा वन पैदावारको स्थितिलाई नियाल्ने ‘ग्लोबल फरेस्ट वाच’मा नेपालमा वन पैदावारको स्थितिबारे अनलाइन अध्ययन तथा अनुसन्धान गर्दा मध्य तथा पूर्वी मधेशका आठ जिल्लामा पछिल्लो केही दशकमा वन फडानी र अतिक्रमण तिब्र रुपमा भएको देखिन्छ ।

Climate

Health

बलरा नगरपालिकाः प्रकोपका बेला सेवा दिने स्वास्थ्य संस्था नै डुबानमा

कमला गुरुङ - Nov 18, 2022

२०७४ सालको बाढी र पहिरोले गर्दा मुलुकका पाँच वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षतिग्रस्त भए। तीमध्ये तीन वटा त सर्लाहीको बलरा नगरपालिकाकै थिए। नगरपालिकाका १० वटा स्वास्थ्य संस्थामा बाढी पस्यो र पानी ४/५ दिनसम्म जम्यो।

Climate

खोलाकिनारमा ‘अवैध’ आवास

विद्या राई - Oct 30, 2022

९५ योजनामध्ये ४१ प्रतिशत खोलाकिनार मिचेर बनाइएका छन् । मापदण्डविपरीतका ती योजनामा आवास क्षेत्र सबैभन्दा धेरै छन् र त्यहाँका बासिन्दा बाढीको उच्च जोखिममा छन् ।कुलेश्वर आवास क्षेत्रमा पसेको बाढीबारे संसदीय समितिले २०७६ सालमा अनुगमन तथा अध्ययन गर्दा योजना बनाउँदै बल्खु खोलाकिनारको क्षेत्र अतिक्रमण गरेकाले बस्ती डुबानमा परेको निष्कर्ष निकालेको थियो।

Climate

यसकारण चुर्लुम्म डुब्दैछन् काठमाडौंका बस्तीहरू

अस्मिता खड्का - Sep 9, 2022

काठमाडौं उपत्यकामा वर्षायामसँगै नयाँ संकट थपिइरहेको सहरी बाढी। खोला किनारका बस्तीहरू डुब्नु नौलो हैन काठमाडौंमा। तर, पछिल्लो समय भने खोला किनारबाट टाढा रहेका बस्तीहरू पनि सहरी बाढीले डुब्न थालेका छन्।

Climate

अपराधका अखडा क्रसर उद्योग

रामु सापकोटा - Jan 22, 2022

क्रसर तथा बालुवा प्रशोधन उद्योगले खनेका खाल्डामा खसेर स्थानीय बासिन्दाले ज्यान गुमाइरहँदा त्यस विरुद्ध आवाज उठाउनेहरू नदी दोहनमा संलग्न गिरोहको तारो बन्ने गरेका छन्। डेढ वर्ष बित्यो, महोत्तरीका आशुतोष मिश्र शोकमा डुबेको। क्रसर उद्योगले खनेको खाल्डोमा खसेर ४ साउन २०७७ मा छोरा रोहितको ज्यान गयो।