Education
कहाँ हराए एसईई दिनुपर्ने साढे ६ लाख विद्यार्थी?
सविना देवकोटा - Mar 30, 2023
बर्सेनि कति विद्यार्थीले पढाइ छोड्छन् भन्ने भेउ पाउन एसईई दिंदै गरेका विद्यार्थीको कक्षागत विवरण पछ्याउँदा प्रष्ट देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार‚ यस वर्ष पाँच लाख १६ हजार ५७७ विद्यार्थीले एसईई दिंदै छन्। उनीहरू २०७० सालमा कक्षा १ मा भर्ना भएका थिए।